निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अखिल नेपाल ट्रेड यूनियन महासंघ सातौंले नेकपा(एमाले) लाई २८ बुँदे सुझाव बुझायो

काठमाडौं । अखिल नेपाल ट्रेड यूनियन महासंघ सातौंले झापा बिद्रोह तथा जनयुद्घको पूर्ण समिषण सहितको घोषण(पत्र र समानुपातिक तथा समावेशी प्रतिनिधित्वको आवाज उठाउदै २८ बुँदे सुझाव नेकपा(एमाले) लाई बुझाएको छ ।

मंसिर ४ को निर्वाचनको मिति नजिकिदै गर्दा प्राय सबै राजनैतिक दलहरुको देशैभरबाट उम्मेदवार चयन तथा सम्बन्धित पार्टी कमिटि बाट सिफारिस गर्ने काम तिब्रताको साथ भईरहेको छ । पार्टीहरु अन्र्तगत रहेको विभिन्न जनवर्गीय संगठनहरुले आफ्नो मर्यादित पेशा, हित ,अधिकार , समाबेशी तथा समानुपातिक प्रतिनिधित्व हुनु पर्छ भन्दै आफ्नो पाटीैमा विभिन्न माध्यमहरुबाट सचेत लबिङ्घ गराइरहेका छन ।
यसै क्रममा नेकपा (एमाल)े अन्र्तगत रहेको अखिल नेपाल ट्रेड यूनियन महासंघ सातौंका मजदुर बिशेष जिल्ला कमिटीबाट प्रतिनिधि र प्रदेश सभा सदस्यको लागि नाम सर्वसहमतिबाट रन बहादुर लिम्बु संगम ,लाल बहादुर थापा अशोक , राज कुमार हुमागाँई ,बिजय खडका,रामहरी थापा मिलन, सुजन धिमान , कविराज रम्तेल,गणेश राज जोशी,वीर बहादुर तामाङ्घ ,धिरेन कुमार मण्डल,जीत कुमार राई तथा सुवासचन्द्र श्रेष्ठको नाम सम्बन्धित कार्यलय मार्फत सिफारीस गरिएको छ ।

सत्तारुढ दलको गठबन्धनलाई परास्त गर्न नयाँ रणनिति तयार गर्न नेकपा(एमाले)ले यसपटक उम्मेदवार चयनमा केहि फरक शैली अपनाएको र एकतामा आएका नयाँ अनुहारलाई फिल्डमा उतार्ने निति लिएको देखिन्छ । भने अर्कौ तर्फ माओवादी आन्दोलनबाट आएको मजदुरवर्गीय आन्दोलनलाई निरन्तरता दिदै समाजवादको यात्राको लागि झापा बिद्रोह र जनयुद्घलाई समिश्रण गरि बिभिन्न आन्दोलनमा शहिद भएका परिवार ,बेपत्ता योद्घा ,घाईते तथा बैदेशीक रोजगारमा रहेर मृत्यु भएका ,घाईते तथा दिर्घ रोगीहरु लगायतका परिवारलाई न्यायोचि क्षतिपूर्ति तथा राहत,उपाचार तथा सामाजिक रुपान्तरण्को लागि आवश्यक व्यावस्था ,तीनै तहमा श्रमिक सरकार,प्रविधिक विश्व विध्यालय,दक्ष जनशक्त्तिमात्र बैदेशीक रोजगारमा पठाउने,गाँस,बास,कपास,शिक्षा,र स्वादेशमा नै रोजगारको श्रृजना र मिलेनियम च्यालेन्ज कर्पोरेशन तथा स्टेट पार्टनरशीप प्रोग्रम जस्ता दलाली र बैदेशीक हस्तक्षेपलाई अस्वीकार गर्ने गरि २८ बुदाँहरु आगामी निर्वाचनकौ घोपाण–पत्रमा नै उल्लेख गरि आगामी निर्वाचनमा जानको लागि सुझाव सहित पार्टीको केन्द्रिय समितिमा पेश गरेको जानकारी भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »