सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अछाममा खोलाले बगाएर बेपत्ता भएका १७ जनाको पहिचान खुल्यो

धनगढी । मंगलबार राति देखिको अविरल वर्षासँगै अछामको रामारोशन गाउँपालिकामा कैलाश खोला आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनाको पहिचान खुलेको छ ।

रामारोशन गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउँदको १० जनाको परिवारसहित सबैको परिचय खुलेको हो ।

बाढीमा बेपत्ता हुनेमा चन्द्र बहादुर साउँद, बशुन्धरा साउँद, नन्द सिं साउँद, गंगा साउँद, रुपेश साउँद, जोगा साउँद, नबिन साउँद, कबिता बुढा साउँद, अमर बहादुर शाह, पबित्रा शाह, समिर शाह, लालसरा शाही, बशन्त शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउँद र बिमा साउँद रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म ६ जनाको शव फेला परेको र १७ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । १७ घर मध्ये ७ वटा घरका मानिस बेपत्ता भएका हुन्।

हाल नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि घटना स्थलमा पुगेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »