निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अधिकार सुनिश्चितताको लागि सशक्त आन्दोलन :थरूहट थारूवान राष्ट्रिय मोर्चा

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अधिकार सुनिश्चतता नहुन्जेर पछि नहट्ने बताएका छन् । चैत दोस्रो साता देखि दोस्रो चरणको सशक्त आन्दोलन घोषणा गर्ने उद्वघोष गर्दै उनले यस्तो बताएका हुन्

मोर्चा केन्द्रिय संयोजन समितिद्वारा सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले दोस्रो चरणको आन्दोलन गर्ने उद्घोष गरेका थिए ।

पुर्व झापा देखि पश्चिम पर्सा जिल्ला सम्मको बिशेष भेलामा बोल्दै संयोजक थारुले आन्दोलनको आगो सल्कि सकेको बताउदै अधिकार सुनिश्चितताको लागि आन्दोलनको विकल्प नरहेको बताए ।

‘हाम्रो एक वर्षसम्मको दिनरात गरेको मिहिनेतले पहिलो चरणको आन्दोलन शान्तिपुर्वक सम्पन्न भयो,‘ उनले भने–‘थारुहरुको आन्दोलन अझै बाँकी छ । चैतको दोस्रो साता भित्र दोस्रो चरणको सशक्त आन्दोलन गर्छौ ।’ थारुले दोस्रो चरणको आन्दोलनका लागि आदिवासी जनजाति महासंघ, थारु संघसंस्था र राजनैतिक दलहरूसंग निर्णायक बैठक, छलफल भईरहेको उल्लेख गरे ।

आदिबासी जनजाति महासंघका पूर्व अध्यक्ष राज कुमार लेखीले टीकापुर घटनापछि कम्जोर भएको विभेद विरुद्धको आन्दोलनलाई सशक्त बनाउन मोर्चाको आवश्यकता रहेको बताए । उनले आन्दोलनलाई निर्णायक बनाउन थारु, आदिवासी जनजाति, मधेसी, दलित, मुश्लिम, महिला सहितका उत्पीडितहरु मिलेर जानुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले मोर्चाले शुरु गरेको आन्दोलन स्वागत योग्य रहेको भन्दै आन्दोलनमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

थरुहट थारुवान राष्ट्रिय मोर्चाका सहसंयोजक श्रवण थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधी सभा सदस्य रेशम चौधरी बचाउँ अभियानकी राष्ट्रिय सहसंयोजक कल्पना चौधरी, थारुहट थारुवान महिला मोर्चाका संयोजक प्रेमा थारु, युवा मोर्चाका केन्द्रिय सह संयोजक रेणुका चौधरी, जनमत पार्टीका मनजेश चौधरी, नेपाली काँग्रेसका चन्द्र शेखर चौधरी लगायत अधिकार सुनिश्चितताको लागि आन्दोलन गर्नु पर्नेमा जोड दिएका थिए ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »