सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनलाइन कक्षा सुचारु गर्न शिक्षकहरुको ३ दिने अल्टिमेटम (विज्ञप्ति सहित)

काठमाडौं / ०१ साउन।
निजी विद्यालयका शिक्षकहरूले बिहीबारदेखि स्थगित अनलाइनलगायत दूर शिक्षाका कक्षा तीन दिनभित्र सञ्चालन गर्न प्याब्सन र एनप्याब्सनलाई अल्टिमेटम दिएका छन् ।

सरकारले आफ्ना माग पुरा नगरेको भन्दै नीजि बिद्यालयका शैक्षिक संगठनहरुले साउन १ गतेदेखि अनलाईन कक्षा बन्द गरेसंगै बिद्यालयका शिक्षहरुले पुन सञ्चालनको माग गर्दै ३ दिने अल्टिमेटम दिएका हुन्। साथै आफूहरुका माग पूरा नभए कडा संघर्षका कार्यक्रम गर्ने उनुहरुको भनाइ छ।

प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर बिहीबारबाट सरकारले माग पूरा नगरेसम्म अनलाइन कक्षा बन्द गर्ने र शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय सार्वजनिक गरेका थिए ।

वैकिल्पक कक्षा बन्द गर्ने निर्णयले देशभरका २ लाख निजी विद्यालयका शिक्षक–कर्मचारी मर्कामा परेको संस्थागत विद्यालय शिक्षक युनियनले बताएको छ।

निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) र निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)को अनलाइन कक्षा बन्द गर्ने निर्णयलाई युनियनले आत्मघाती तथा दादागिरीशैलीको निर्णय भनेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »