सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनलाइन मात्र पढ्ने विद्यार्थीलाई आफ्नै देश फर्काउने अमेरिकी सरकारको निर्णय

काठमाडौं / २६ असार
अमेरिकी सरकारले विश्वविद्यालय तथा कलेजमा अनलाइन कक्षा मात्रै लिने विद्यार्थीलाई फर्काउने निर्णय गरेको छ ।युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले अनलाइन अध्ययन गर्ने विद्यार्थी अमेरिकामा बस्न आवश्यक नभएको भन्दै आफ्नै देश पठाउने निर्णय गरेको हो ।

कोभिड–१९ का कारण शैक्षिक संस्थामा उपस्थित हुन नसक्ने अवस्था आएपछि अमेरिकामा अहिले अनलाइन कक्षा सञ्चालन भइरहेको छ तर अनलाइन मात्र पढ्ने विद्यार्थीलाई अमेरिका नराख्ने निर्णयले लाखौँ खर्च गरेका विद्यार्थी अप्ठ्यारोमा परेका छन । युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले अनलाइन अध्ययन गर्ने विद्यार्थी अमेरिकामा बस्न आवश्यक नभएको भन्दै आफ्नै देश पठाउने निर्णय गरेको हो ।अमेरिकी सरकारको यो निर्णय आगामी अगस्ट र सेप्टेम्बरबाट कार्यान्वयन हुनेछ ।

कक्षामा पढ्न नगए देश छाड्नुपर्ने वा अर्को ‘फेस टु फेस’ पढाइ हुने शैक्षिक संस्थामा भर्ना हुनुपर्नेछ । यसले अमेरिकामा अध्ययनरत १० हजार नेपाली विद्यार्थी मर्कामा पर्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताउनु भयो । सन् २०१८ मा काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार दुई सय ७० विद्यार्थी रहेका थिए । पढाइ सकेका तथा गत वर्ष अमेरिका गएका विद्यार्थीको तथ्यांक विश्लेषण गर्दा १० हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।

शिक्षा मन्त्रालयका अनुसार ०७३/७४ मा तीन हजार चार सय ८३, ०७४/७५ मा एक हजार सात सय ७४, ०७५/७६ मा एक हजार चार सय ९१ विद्यार्थीले अमेरिकामा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लगेका थिए ।

यसैबीच शिक्षा मन्त्रालयले अमेरिकामा रहेका विद्यार्थीको अवस्था बुझ्न र समस्या समाधानका लागि पहल सुरु गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले बिहीबारबाट विद्यार्थीको समस्याका विषयमा छलफल सुरु गरेको जानकारी दिनुभयो।

भर्खरै

सम्बन्धित खबर

Language »