निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अनेमसंघ (क्रान्तिकारी) दार्चुलाको जिल्ला सम्मेलन सम्पन्न

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) दार्चुलाको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार सम्पन्न सम्मेलनले कौशला बोहराको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) ले जनाएको छ ।

सुशीला धामीको सञ्चालन र कौशला बोहराको अध्यक्षतामा सम्पन्न सम्मेलनको प्रमुख अतिथि सङ्घकी केन्द्रीय सचिवालय सदस्य तथा सेती–महाकाली संयोजक पूर्णिमा धामी र विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टीका दार्चुला सचिव लक्ष्मण रहेका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्णिमाले केपी वली नेतृत्वको दलाल सामाजिक फासिवादी सरकारले नेकपासँगै आफ्नो सङ्गठनलाई पनि लगाएको कथित प्रतिबन्ध एक वर्ष पूरा भएको र यसले सङ्गठनलाई झनै जुझारु र सुदृढ बनाएको बताइन् । उनले भनिन्, ‘कथित कम्युनिस्टको सरकार छ तर महिला हिंसा झनै बढेर गएको छ । यो कम्युनिस्ट सरकार नभई दलाल पुँजीवादीहरूको सरकार हो । यो दलाल पुँजीवाद रहँदासम्म महिला मुक्ति सम्भव नभएकाले महिलाहरू वैज्ञानिक समाजवाद ल्याउने क्रान्तिमा सामेल हुनुपर्छ ।’

नेकपाका दार्चुला जिल्ला सचिव लक्ष्मणले सम्मेलनमा शुभकामना दिँदै आफ्नो पार्टी पूर्ण महिला मुक्तिका पक्षमा सङ्घर्षरत रहेको बताए । उनले पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने भएकाले यसमा उत्पीडित र श्रमिक महिलाहरू सामेल हुनुपर्नेमा जोड दिए ।

नेकपा विगतमा नेताहरुले दिएको धोका र गद्दारीबाट नयाँ पाठ सिक्दै एकीकृत जनक्रान्तिमा अघि बढेको र महिला उत्पीडनका विरुद्ध जनकारबाहीमा समेत उत्रिएको बताउदै अब छिट्टै देशमा क्रान्ति सफल हुने विश्वास व्यक्त गरे ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »