निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अनेरास्ववियु केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई आठ वर्ष ६ महिना कैद

काठमाडौं । अनेरास्ववियुका निवार्तमान केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई अदालतले बलात्कार मुद्दामा आठ वर्ष ६ महिना कैदको फैसला गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार सत्तारुढ नेकपा निकट विद्यार्थी नेता राईलाई आठ वर्ष ६ महिना कैदको फैसला सुनाएको हो।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार साढे आठ वर्ष कैदसहित पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ।

रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियु नेतासमेत रहेका राईले गत कात्तिक ११ गते आफ्नै साथीकी बहिनीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। दिदी काठमाडौंमा नभएको मौका पारी तिहारको अघिल्लो दिन उनले बहिनीलाई देउसी खेल्न बोलाएर बलात्कार गरेको आरोप राईमाथि थियो।

देउसी खेल्न बोलाएर मोटरसाइकलमा माकलबारीस्थित आफन्तको डेरामा लगेर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »