निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अन्तर्रा्ष्ट्रिय तामाङ परिषद् (ITC) काे प्रेस विज्ञप्ति

काठमाडाैँ । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तर्रा्ष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिको अनलाइन भर्च्युल बैठक परिषद्को वरिस्ट उपाध्यक्ष टासी लामाको बिशेष सहभागिता र क्षेत्रीय अध्यक्ष सोनाम दोङ्गको अध्यक्ष्यतामा सम्पन्न भयो । उक्त बैठकबाट यो महाव्याधिकाे बिरुद्दमा कसरी काम गर्ने बिषयमा गरिएको छलफल र निर्णयहरु एक बिज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

०१) खाडी मुलुकका विभिन्न देशस्थित नेपाली कुटनीतिक नियोगहरुको पहलमा गैर आवसीय नेपाली संघ लगायत राजनीतिक र सामुदायिक संघ/संस्थाहरु सम्मिलित साझा संयन्त्रहरु निर्माण गरि यो महामारी बिरुद्धको साझा पहलमा हाम्रा सदस्य संस्थाहरुले समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको उल्लेख गर्दै जुन देशमा त्यसखालको संयन्त्रहरु बनेका छैनन् ती देशहरुमा तत्काल सबै संघ/संस्थाहरु सम्मिलित साझा संयन्त्र निर्माण गरी बृहत्तर र एकीकृत सहकार्यको वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गरिएकोछ ।

०२) नेपाली युवाहरुको ठूलो संख्या रोजगारीको सिलसिलामा त्यस क्षेत्रमा नै रहेको र आउने दिनमा ती देशहरुमा कोरोन महामारी झनै बढ्दै जाने स्थिति देखा पर्दै गएकोले अहिले देखिनै नेपाल सरकारले ती युवाहरुको समयमा उद्दार, स्वास्थ्य सुरक्षा र उचित ब्यवस्थापनको निम्ति कुटनीतिक पहल र प्राबिधिक तयारी थाल्नको निम्ति पनि हामी विशेष आग्रह गरिएको छ ।

०३) आपतकालीन अवस्थामा आवश्यक सहयोगको निम्ति अन्तर्रा्ष्ट्रिय तामाङ परिषद् (ITC) को खाडी क्षेत्र स्थिति सदस्य संस्थाहरुसँग सम्पर्क र समन्वय गर्नको लागि सदस्य संग्स्थाहरुको अध्यक्षहरुको सम्पर्क नम्बर समेत उपलब्ध गराउनु भएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »