सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबदेखि होटल रेस्टुरेन्टमा प्याकिङ गरेर बेच्न मात्रै पाइने

काठमाडौँ। सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना/खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।

यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो ।

तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको युवराज खतिवडाले जानकारी दिए।

पछिल्लाे समय नेपालमा काेराेना सङ्क्रमणकाे जाेखिम बढिरहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »