सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर

काठमाडौँ। अब एक हजार रुपियाँको नोटमा नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ ।

हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् ।

नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेपछि यो अवस्था आएको हो ।

बैङ्कका प्रवक्ता गुणाकर भट्टले स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर परिवर्तन गरिएको जानकारी दिनुुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेल नोटमा आफ्नै देशका जुम्ल्याहा हात्ती राख्दा सकारात्मक सन्देश गएको बताउनुहुन्छ ।

नयाँ नोट काठमाडौँमा उपलब्ध भइसकेको छैन । पृथ्वी राजमार्गको पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट आएका नोट चितवनमै रहेको जानकारी बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले बताउनुभयो । बाटो खुल्नासाथ नयाँ नोट काठमाडौँमा ल्याइनेछ ।

बैङ्कमा रहेको नोट डिजाइन कमिटीले सिफारिस गरे अनुसार नेपाली हात्तीको तस्बिर राखिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »