सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ लाख नाघ्याे,१ लाख बढीको मृत्यु

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेकाे संख्या १ लाख नाघेकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अनुसार बुधबार बिहानसम्म १ लाख ५ सय ७९ पुगेकाे छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार १४८ जना भाइरसबाट संक्रमित भइसकेका छन् । मंगलबार मात्र त्यहाँ १८ हजार ९२२ जना काेराेना संक्रमित भेटिएका छन् भने ७७४ जनाकाे मृत्यु भएकाे छ । याे संख्या विगतकाे तुलनामा कमै हाे ।

अमेरिकामा हाल मृत्युदर घटेसँगै निकाे हुने दर बढ्दै छ । त्यहाँ अहिलेसम्म कुल संक्रमितमध्ये ४ लाख ७८ हजार ३९२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ११ लाख ४४ हजारभन्दा बढी संक्रमित हाल उपचाररत छन्, जसमध्ये १७ हजारबढीकाे अवस्था खतरापूर्ण रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पछिल्ला दिनहरूमा संक्रमित संख्या र मृत्युका घटना न्यून हुँदै गएका छन् । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ७३ हजारभन्दा मानिस संक्रमित भएका छन् भने २९ हजार ४५१ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ मंगलबार १ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने १४१ जनाकाे मृत्यु भएकाे छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १९७ पुगेको छ । न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख ५७ हजार नाघेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »