सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा निजि क्षेत्रका चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

काठमाडौँ / असार १९
संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले जनाएको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैै वासिङ्टन पोष्टले लेखेको छ ।

पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ ।

महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमा काम गर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिक कटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्ने चलाखीपूर्ण निर्णयहरू गरेका छन् । गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामा महामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
-वासिङ्टन पोष्टको सहयोगमा

भर्खरै

सम्बन्धित खबर

Language »