सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा ४१ लाख ६९ हजार कोरोना संक्रमित, एकै दिन थपिए ६९ हजार

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै एकै दिन १ हजार १५० जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३३३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७९ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २० लाख ४३ हजार ४१ जनामध्ये १९ हजार १५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »