निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलायाे

समाजवादी विद्यार्थी युनियनले अर्थमन्त्री युवराज खतिवडाको पुत्ला जलाएको छ।

पुस्तक आयातमा सरकारले कर लगाएको विरोधमा युनियनले सोमबार पोखराको पृथ्वीनारायण क्याम्पसमा पुत्ला जलाएको हो।

पुस्तकमा लगाएको कर फिर्ता लिनुपर्ने, पेट्रोलियम पदार्थमा वृद्धि गरिएको पूर्वाधार कर फिर्ता र ठूला व्यापारी घरानालाई कर मिनाहा गरेको विरोधमा अर्थमन्त्रीको पुत्ला जलाइएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष रूपनारायण श्रेष्ठले जानकारी दिए।

पिएन क्याम्पस गेटमा अर्थमन्त्रीको पुत्ला जलाइएको उनले बताए। उक्त कार्यक्रममा विद्यार्थी नेता रेशम सापकोटाले किताब आयातमा कर लगाउन सक्ने सरकारले किन एनसेलसँग कर उठाउन नसकेको भन्दै प्रश्न गरेका थिए। पुत्ला जलाउँदै विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध पनि नाराबाजी गरेका थिए। भ्रष्टचारीलाई प्रधानमन्त्रीले नै संरक्षण गरेको आरोप विद्यार्थीको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »