सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अल्का अस्पतालमा कार्यरत गीता केसीको हत्या भतिजा निर्मलले गरेको खुल्यो

ललितपुर। ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्या भतिजा निर्मल केसीले आफैले गरेको स्वीकार गरेका छन् ।

प्रहरी वृत चापागाउँका प्रमुख डिएसपी कृष्णराज ओझाले निर्मलले आफै गीताको हत्या गरेको स्वीकार गरेको जानकारी दिनुभयो । साथै उनीहरु बीच आर्थिक लेनदेन लगायत अरु सम्बन्ध बारे आरोपित निर्मलले मुख नखोलेको डिएसपी ओझाले बताउनुभयो ।

निजहरु घुम्न भनेर गएको र एक्कासि उनीहरु बीच झगडा भए पछि निर्मलले घाँटीमा सलले कसेर हत्या गरेको प्रहरीको अनुसन्धान पछि पत्ता लागेको हो ।

हत्या गरेको दिन बेलुका६ बजे नै निर्मल घर फर्किएको अनुसन्धानबाट थाहाभएको छ । गीताको हत्याको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी ओझाले जानकारी दिनुभयो ।

हत्याको आशङ्कामा निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरेर अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको थियो । ३९ वर्षीया गीताको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »