निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान चिप्लिएर रनवे बाहिर

नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान चिप्लिएर रनवे बाहिर गएको छ।

कोरोना संक्रमितको स्वाब लिन काठमाडाैँबाट गएको नेपाल एयरलायन्सको चिनियाँ वाई १२ ई विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा चिप्लिएको हो। विमान चिप्लिएर झाडीमा पुगेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमान चिप्लिएर रनवे (धावनमार्ग) बाहिर गएको जानकारी दिए।

उनले धावनमार्ग बाहिर पुग्दा विमानमा सामान्य क्षति भएको र विमानमा रहेका सबै सकुशल रहेको जानकारी दिए।

सो विमानमा ५ जना मेडिकल टोली र चीनबाट ल्याएको स्वास्थ्य सामग्री रहेको उनले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »