सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अष्ट्रेलियाबाट उद्धार गर्नुपर्ने १३ सय नेपाली, ११ जना बोकेर फर्कियो नेपाल एयरलाइन्सको विमान

काठमाडौं । अष्ट्रेलियाबाट ११ नेपाली नागरिक मंगलबार राति काठमाडौं उत्रिएका छन् । नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु राति ११ बजेर १५ मिनेट जाँदा काठमाडौं आइपुगेका हुन् ।

अष्ट्रेलिया, न्यूजिल्याण्ड लगायत बिभिन्न मुलुकका नागरिकहरुलाई लिएर अष्ट्रेलिया चार्टड उडान भरेको नेपाल एयरलाइन्स जम्मा ११ जना नेपाली बोकेर राजधानी क्यानबेराबाट नेपाल आएको हो । विमानको सिट क्षमता भने २ सय ७४ रहेको छ ।

अष्ट्रेलियाबाट आएका सबै ११ जनालाई यति पार्टी प्यालेस बसुन्धरा लगिएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य परीक्षण पछि त्यही बनाइएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको छ । अष्ट्रेलियाबाट आउन चाहने नेपालीको संख्या १३ सय बढी भएपनि ११ जना मात्र लिएर आउँदा सरकारको सर्वत्र आलोचना हुन थालेको छ ।

सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर मंगलबार राति भने अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्स काठमाडौं ओर्लिएको छ । विमानको २६० भन्दा बढी सिट खाली छन् ।

तर, सोमबार अष्ट्रेलिया गएको विमानमा ११ जना मात्रै नेपाली फर्किन पाए । उनीहरुलाई प्राथमिकतामा राखेर उद्धार गरिएको सीसीएमसीका एक अधिकारीले बताए ।

एक अधिकारीका अनुसार अष्ट्रेलियाबाट फर्किएको विमानमा अनिशा अधिकारी, जितेन्द्र बलामी, चर्चा भट्टराई, सुनिष्ठा दाहाल, उसा मरासिनी, नेत्र मरासिनी, विशाल पौडेल, जयकला राई, रमेश सिलवाल, ज्योति सिलवाल र सुनिता परियार छन् ।

उनीहरुमध्ये ५ जना दूतावासको प्राथमिकताको सूचीमा थिए । अष्ट्रेलियास्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपालीहरुलाई पहिलो फ्लाइटबाट प्राथमिकताका आधारमा २७० जनाको उद्धार गर्ने बताएको थियो । तर चार्टर्ड गरेर अष्ट्रेलिया पुगेको विमान भने रित्तै फर्किएको छ

भर्खरै

सम्बन्धित खबर

Language »