निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

असन्तुष्टहरुले काठमाडौं क्षेत्र नं ७ मा स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठलाई सघाउने

काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा जुटेका राजनैतिक पार्टीका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन आम मतदाता सम्म पुगेर आफ्ना विचार सिदान्त र योजनाहरु पस्कनेकाम गरि रहेका छन् ।
एकल प्रतिस्पर्धा बाट पछिहटेर गठबन्धन सहित चुनावी मैदानमा उत्रिएका राजनैतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार को रुपमा आएका एकल उम्मेदवार बिचको रोचक चुनावी प्रतिस्पर्धा यसपालिको निर्वाचनमा देख्नपाईने भएको छ ।
यसै बिचमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ को प्रतिनिधिसभा तर्फको चुनावी माहोल अलि फरक ढंगले अगाडी बढी रहेको एक श्रोतले बताएको छ ।
आफ्नो निर्वाचन क्षेत्र माओवादी अध्यक्ष प्रचण्डलाई छोडे बापत उपहारस्वरुप बाम लोकतान्त्रिक गठबन्धनबाट टिकट पाएकी डा.बाबुराम भट्टराई को छोरी मानुषी यमी भट्टराई तथा नेकपा(एमाले)ले टिकट नदिएको झोकमा स्वतन्त्र उम्मेदवार बनेका रामबिर मानन्धर , जसपाका प्रभावशाली नेता राजेन्द्र प्रसाद श्रेष्ठ लाई टक्कर दिन स्वतन्त्ररुपमा लामो समय सामाजिक आन्दोलनमा होमिएका युवा अभियन्ता रविन्द्र कुमार श्रेष्ठ बिचको रोचक चुनावी भिडन्त काठमाडौं निर्वाचन क्षेत्र नं ७ को प्रतिनिधिसभा तर्फ हुन लागेको छ ।
यो क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाएको एमालेका नेता रामबिर मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु तथा बलियो दल नेपाली काँग्रेसले टिकट नपाउउँदा यो क्षेत्रको चुनावी समिकरण भित्र उथलपुथल हुने सम्भावना वलियो बन्दै गईरहेको छ ।
यहि उथलपु्थलको बिचमा स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठको सम्भावना बलियो बन्दै गएको श्रोतको दाबि छ ।
आफुले टिकट नपाएकोले नेपाली काँग्रेसका प्रभावशाली ब्यक्तिहरु र सरकारमा रहँदा केहि गर्न नसकेको र कार्यकर्ताहरुलाई ब्यबस्थापन नगरेको भन्दै जसपाका केहि ब्यक्तिहरुले स्वतन्त्र उम्मेदवार रविन्द्र कुमार श्रेष्ठलाई आन्तिरिकरुपमा सघाउने तथा रामबिर मानन्धरले एमालेको भोट काट्ने भएपछि श्रेष्ठको सम्भावना बढेको श्रोतले बताएको छ ।
नेपालको चुच्चे नक्शा बनाउने नागरिक समितिमा रहेर काम गरेका , गुठी आन्दोलनमा बालाजु क्षेत्रको नेतृत्व गरेका , एमसिसि बिरुद्ध बिभिन्न सडक आन्दोलन तथा उपत्यका ब्यापि आठ दिने सांस्कृतिक पैदलयात्रामा सकृय भुमिका निभाएका , उपत्यकाको संस्कृति तथा पुरातात्विक धरोहरहरु जोगाउन महत्वपुर्ण भुुमिका निर्वाह गरेका र बालाजु बाईपास सडक बिस्तार पिडीतको पक्षमा बिभिन्न आन्दोलनमा सकृय भुमिककामा देखिएका रविन्द्र कुमार श्रेष्ठलाई अन्य पार्टीका रुष्ट कार्यकर्ता हरुले सहयोग गर्ने निश्चित प्राय भएको श्रेष्ठ निकट श्रोतको दावी छ । चुनाव बहिस्कार गरेका र केहि राजावादी हरुको समेत श्रेष्ठलाई सघाउने प्रतिबद्धता जाहेर गरेको श्रोत बताउँछ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »