सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असार २१ गतेसम्मका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । कोरोना महामारीलाई मध्यनजर गर्दै सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई असार २१ गतेसम्मका लागि रोक लगाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यही जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले असार २१ गते राति ११ः५९ सम्मलाई रोक लगाएको हो ।

आइतबार नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाले सूचना जारी गर्दै सरकारको निर्णयअनुसार, व्यावसायिक यात्रु उडानलाई असार २१ गते राति ११ः५९ बजेसम्मका लागि रोक लगाइएको जनाएको हो ।

मन्त्रिपरिषद् तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गरेको यो सातौं निर्णय हो ।

व्यावसायिक उडानमा रोक लगाइए पनि सरकारले विशेष अनुमतिबाट उद्धार उडान गर्न÷गराउन चार्टर उडान अनुमति भने दिँदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »