सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज एकै दिन ११४ नया संक्रमित थपिए,नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

काठमान्डौ। आज एकै दिन ११४ नया संक्रमित थपिएका छन। विभिन्न ठाउको प्रयोगशालामा गरिएको परिक्षणमा अनुसार नेपालमा कोरोना बाट संक्रमितको कुल संख्या ८८६ पुगेको विकास देवकोटाले जानकारी दिए। कुल संक्रमित मध्ये ७९६ पुरुष र ९० जना महिला रहेका छन्

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्। सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन्। बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। तीमध्ये १८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »