सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज थप ५८६ मा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ८६ जना संक्रमित थपिएका हुन् । कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा संक्रमितको कुल संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »