सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज धेरै ठाउँमा भारी वर्षाको सम्भावना : सतर्क हुन मौसम पूर्वानुमान महाशाखाको अनुराेध

काठमाडाैं । आज (मंगलबार) देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित ठूलो (भारी) वर्षाको हुने सम्भावना रहेको छ । पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश नं ५ का थोरै ठाउँमा, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै ठाउँमा वर्षा भइरहेको छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सोमबार रातिदेखि नै वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएकाे छ ।

आज बाढी बाढीकाे पनि खतरा रहेकाे बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »