सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज मध्यरातदेखि धरान उपमहानगरमा सात दिन लकडाउन

धरान। कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको छ।

कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको हो।

औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द गरिने वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए।

पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ।

जसका कारण संक्रमण समुदायमै फैलिएको हो कि भन्ने अनुमान गरिएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »