सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज सुनचाँदीको मूल्य घट्यो, कति छ तोलाको ?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४०० ले घट्दै ९८ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

गत हप्ता सुनमा घटबढ भइरहेको थियो । मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो ।

बुधबार मूल्यस्थिर रहेको थियो । विहिबार सुनको मूल्यमा १६ सयले गिरावट आएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ यो साताको पहिलो दिन ४०० ले घटेको हो ।

गत साउन २३ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन १ लाख ३ हजार ५०० मा कारोबार भएको थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »