सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज २१३ जना नयाँ कोरोना संक्रमितहरु थपिए, संक्रमितको संख्या ३,४४८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।

जसमध्ये २०९ जना पुरुषहरु रहेका छन्, भने बाँकी ४ जना महिलाहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३,४४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका प्रवक्ता डा. देवकोटाले जनाएका छन् । उनका अनुसार १ सय जना पुरुषहरु र २ जना महिला संक्रमितहरु निको भएका हुन् ।

योसँगै नेपालका ४६७ जना संक्रमितहरु निको भइसकेका छन्, जसमध्ये ३९९ जना पुरुष रहेका छन्, भने बाँकी ६८ जना महिला रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट ९६ हजा र २०५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन्।

क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन्। यस्तै ४६७ जना डिस्चार्ज भएका छन्। जसमध्ये पुरुष ३९९ जना र महिला ६८ जना रहेका छन्।। पछिल्लो २४ घन्टामा १०३ जना डिस्चार्ज भएका छन्। जसमध्ये २ जना महिला र सय जना पुरुष छन्।

भर्खरै

सम्बन्धित खबर

Language »