निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

आमाकाे साहसः चितुवासँग कुस्ती खेलेर बचाइन् छाेरीलाई

काठमाडाैँ । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन्।

शुक्लागण्डकी नगरपालिका-३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाएकी हुन्।

घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो।

छोरीलाई चितुवाले तानेर लगेसँगै होहल्ला गर्दै आमाले चितुवासँग लडेर छोरी बचाएकी खबर आजको गोरखापत्र दैनिकमा तनहुँबाट अमरराज नहर्कीले लेखेका छन्। चितुवाको आक्रमणमा परी घाइते छोरीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

चितुवाले बालिकाको पेटमा चारवटा, दुई खुट्टामा एक/एकवटा नङ्ग्रा गाडेर घाइते बनाएको छ। अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य खतरामुक्त रहेको बालिकाका बाबु नारायण न्यौपानेले जानकारी दिए।

‘गाउँमा चितुवाको आतङ्क सुरु भएको धेरै भयो । हामी सबै परिवार घरमै थियौँ। आमासँगै हात समातेर गएकी छोरीलाई चितुवाले ताने पनि श्रीमतीले साहसका साथ चितुवासँग भिडेर छोरी बचाउन सफल भइन्’, न्यौपानेले।

आफूसँग रहेकी छोरीलाई चितुवाले तानेपछि चितुवाको पछिपछि गएर छोरीको खुट्टा समात्न भ्याएकाले बचाउन सकिएको इन्दिराले बताइन्।

‘चितुवाले छोरीलाई लगेको थाहा पाएपछि चिच्याउँदै चितुवाको पछिपछि दौडिएँ। छोरीलाई समातेर तान्दै गर्दा मलाई समेत आक्रमण गर्न थालेको चितुवा गाउँका मानिसले होहल्ला गरेपछि भाग्यो,’ उनले भनिन्।

चितुवाको आक्रमणबाट तनहुँका विभिन्न ठाउँमा नौ जना बालबालिकाको मृत्यु भइसकेकाले गाउँमा चितुवाको त्रास बढेको इन्दिराले बताइन्।

घटनास्थलको अध्ययन गर्न पुगेका डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले घरदेखि ५० मिटर तल बालिकालाई लगेको अवस्थामा आमाले चितुवाबाट बालिकालाई खोस्न सफल भएको बताए।

‘आमा डराएर चितुवाको पिछा नगरेको भए बालिकाको ज्यान जाने अवस्था थियो। आमाले आफ्नो ज्यानको जोखिम मोलेरै भए पनि बालिकाको उद्धार गरेको पायौँ,’ बरालले भने।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »