सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आरडीति पोजेटिभ देखिएका भारतीय नागरिकको गण्डक अस्पतालमा मृत्यु

वीरगन्ज। वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालाम गरिएको पिसिआर परीक्षणमा उनमा काेराेना पोजेटिभ देखिएको अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

अहिले उनको शव अस्पतालमै राखिएको छ। आज राति भएकाले मृतकको शव भोलि सेनाको टोलीले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ।

वीरगन्जस्थित पसल गर्दै आएका ६५ वर्षीय उनको आइतबार बिहान पौने सात बजेतिर उपचारको क्रममा मृत्यु भएको थियो। परिवारका अनुसार उनी गत पाँच दिनदेखि नै ज्वरो र खोकीले थलिएका थिए।

त्यसपछि उनलाई सुरुमा नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। पछि त्यहाँबाट कोरोना परीक्षणको लागि स्वाब दिएर उनलाई वीरगन्ज हेल्थ कियरमा लगिएको थियो।

त्यहाँ पनि आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि शनिबार राति ८ बजे गण्डक अस्पताल ल्याइएको थियो।

अस्पतालका अनुसार उनी मुटु र मधुमेहका रोगी समेत हुन्। गएको साता मात्र गण्डकमै तीन जना व्यक्तिको कोरोनाबाट मृत्यु भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »