निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

आवश्यक परेको बेलामा मेडिकल उडान भर्न निजी हेलिकप्टर सहमत

काठमाडौं। सरकारको निर्देशनअनुसार आवश्यक परेको बेलामा उडान भर्न निजी हेलिकप्टर सहमत भएका छन्। कोरोना समन्वय समितिले स्वाब परीक्षण, मेडिकल सामग्री, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लिएर आवश्यक परेको समयमा उडान भर्न निजी वायुसेवा सञ्चालक संघलाई निर्देशन दिएको थियो।

समितिको निर्देशन बमोजिम पर्यटन मन्त्रालयले संघसँग छलफल गरेको र संघ सहयोग गर्न राजी भएको मन्त्रालयका सहसचिव बुद्विसगार लामिछानेले जानकारी दिए।

अहिलेसम्म परिस्थिति नियन्त्रणमा रहेको भए पनि भविष्यमा कोरोना संक्रमण बढ्न गयो भने आवश्यक मेडिकल उडान भर्नका लागि निजी वायुसेवा कम्पनीलाई सरकारले निर्देशन दिएको हो। ‘आज वा भोलिका लागि यो निर्णय भएको होइन। आवश्यक परेको बेलामा खडा रहन भनिएको हो। भोलिका दिनमा उक्त उडान आवश्यक नपर्न पनि सक्छ वा आवश्यक पर्न पनि सक्छन्’, लामिछाने भन्छन्। उपलब्ध सबै संयन्त्रलाई सुसूचित रहन आग्रह मात्रै गरिएको उनको भनाइ छ।

यता, वायुसेवा सञ्चालक संघले पनि सरकारको निर्देशन बमोजिम हेलिकप्टरहरूले उडान भर्न सक्ने भन्दै समितिलाई पत्राचार गरिसकेको प्रवक्ता योगराज कँडेल शर्माले बताए। संघले १० वटा नै हेलिकप्टरलाई क्रम संख्याको आधारमा उडान भर्न सक्ने गरी समितिलाई पत्र पठाएको छ। जतिखेर इमर्जेन्सी हुन्छ र सरकारले उडानका लागि निर्देशन दिन्छ हेलिकप्टर उडान तयारी अवस्थामा रहेको शर्माले जानकारी दिए।

समितिको निर्देशनसँगै नेपाल उड्डयन प्राधिकरणले पनि सरकारलाई सहयोग गर्न निजी विमान कम्पनीलाई पत्राचार गरेको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »