निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

आवश्यक सामाग्री माग


खजुरा , प्रदेश नं ५ का भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा संचालनका लागि आवश्यक सामाग्री माग गर्ने निर्णय गरेको छ ।

कोरोना विशेष आइसोलेसन अस्पताल संचालन समितिको बैठकले खजुरामा तयार भएको ४९ वेडको अस्पताल संचालनका लागि आवश्यक सबै सामाग्री माग गर्ने निर्णय गरेको हो ।


बैठकपछि जानकारी दिँदै खजुरा गाउँपालिका प्रमुख तथा आवास, भोजन तथा यातायात व्यवस्थापन समितिका संयोजक किस्मत कुमार कक्षपतिले अस्पताल संचालनका लागि थप स्वास्थ्य सामाग्री, औजार, उपकरण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि आवश्यक रकम सामाजिक विकास मन्त्रालयसंग माग गर्ने निर्णय गरेको बताए ।


आइसोलेसनमा रहने बिरामी, उपचारमा संलग्न स्वास्थ्यकर्मीको लागि वास, खाना तथा यातायात, अस्पताल संचालन प्रशासनिक खर्च, जेनेरेटर, पिपिइलगायत विविध खर्चको लागि माग गरिने कोरोना विशेष आइसोलेसन अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य ड बद्री चापागाईंले जानकारी दिए ।


बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, समितिका संयोजक डा प्रकाश थापा, डा सुरेश कनोडिया, आवास, भोजन तथा यातायात समितिका सदस्य भीम ओली लगायतको सहभागिता थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »