निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

इराकको संसदद्वारा अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित

इराकको संसदले त्यहाँ रहेका अमेरिकी फौजलाई देश निकाला गर्ने प्रस्ताव पारित गरेको छ।

अमेरिकाले शुक्रबार इरानमा हवाई आक्रमण गरी इरानका एक मुख्य सैनिक जर्नेलको हत्या गरेपछि सिर्जित परिस्थितिको जवाफमा इराकले सो निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

इरानका सबैभन्दा शक्तिशाली जर्नेल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरान–समर्थित लडाकुहरुले त्यहाँका सांसदलाई संसदबाट अमेरिकी फौजलाई देशबाट फिर्ता पठाउने प्रस्ताव पारित गर्न माग गरेका थिए।

इरानले आफ्ना जर्नेलको हत्याको बदला लिएरै छाड्ने सार्वजनिक घोषणा गरेको छ भने उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रतिवाद गरेमा इरानका संवेदनशील ५२ स्थानमा तत्काल र कडा आक्रमण गर्ने चेतावनी दिएका छन्।

त्यहाँ दुवैतर्फबाट भइरहेका गतिबिधि र तयारी हेर्दा ठूलै युद्धको संकेत देखिएको त्यहाँको तनावलाई नजिकबाट नियालीरहेका अधिकारी, वैदेशिक मामिला विज्ञ र पत्रकार लगायतले सामाजिक सञ्जालमा संप्रेषण गरिरहेका छन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »