निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

इलाममा घरको सिकुवा (पिँढी)मा दम्पती मृत अवस्थामा फेला

इलाम । फाकफोकथुम गाउँपालिका-५ लुम्देको कैंजस्थित एक घरको सिकुवा (पिँढी)मा दम्पती मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ३५ वर्षीय धनबहादुर खपांगी र उनकि पत्नी रिताको शव बुधबार दिउँसो सिकुवामा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

दम्पतीको शरिरमा र सिकुवामा रगत पोतिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले डिएसपीको हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा टोली खटाएको छ। क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ। घोप्टो परेर लडिरहेको मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका प्रहरीले जानकारी दिएको छ।

धनबहादुरकी आमा घटना भएका बेला घरमा नभएको प्रहरीले जनाएको छ। मृतकका १४ वर्षीय एक छोरा, ९ वर्षकी एक छोरी रहेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान भइरहेकोले केही समयमा थप जानकारी दिने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »