उज्यालो नेपालका नायक कुलमान घिसिङ तामाङलाई पितृ शोक

उज्यालो नेपालका अभियान कर्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको ९४ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार राती निधन हुनुभएका घिसिङका पिता कृपासिंङ घिसिङको आज स्वयम्भुमा अन्त्योष्टी गरिने जानकारी आएको छ । उहाँ रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका स्थायी वासिन्दा हुन ।

आज १० बजे तामाङ गुम्बाबाट शव यात्रा गरिने बताएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न कलाकार, नेता तथा कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् । हाम्रो तर्फबाट पनि स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछौँ ।

+ posts
Language »