सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १० जना बढी घाइते

उदयपुर। उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् ।

नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीलाई नगरपालिकातर्फ जान रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीनकुमार सिंहका अनुसार प्रहरी जवान राजकुमार बुढाथोकी घाइते भएका हुन् ।

प्रदर्शनकारी १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको इलाका स्वास्थ्य चौकी रामपुरमा उपचार भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »