निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

उदयपुरमा कसरी कोरोना फैलियो भन्ने पत्ता लगाउन विश्व स्वास्थ्य संगठनसहितको टोली भुल्के पुग्यो

उदयपुर। उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के पुगेको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार बिहीबार पुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु भएको छ। टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ छन्। ‘उहाँहरूले एक हप्तामा संक्रमण कसरी फैलियो, संक्रमणको फैलावट कहाँसम्म पुग्ने भनेर रिपोर्ट पेस गर्नुहुन्छ,’ उनले भने।

अहिले उक्त टोली संक्रमण फैलिएको भुल्केमै पुगेर अनुसन्धान गरिरहेको छ। गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेको १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो।

बाँकी चार जनामा पछि संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई उच्च जोखिमको रुपमा लिइयो। लगत्तै वस्तीमा रहेका मानिसहरूको पनि परीक्षण गर्ने प्रकृयामा १२ जनामा कोरोना पुष्टि भयो। त्यसलगत्तै विश्व स्वास्थ्य संगठनसहितको टोली संक्रमण कसरी फैलियो भन्नेबारे अनुसन्धान गर्न सो वस्ती पुगेको हो।

अहिले प्रारम्भिक अनुसन्धानले जमाती समूहबाटभन्दा पनि भारतबाट आएका स्थानीय युवकबाट संक्रमण फैलिएको भन्ने आशंका गरिएको छ।

स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जमाती समूहका व्यक्तिहरू चार महिनाअघि नै नेपाल आएको कुराले सो समूहबाट संक्रमण फैलिएको हुन नसक्ने बताए। उनका अनुसार फागुन तेस्रो साता भारतबाट आएका भुल्केकै एकजना स्थानीय युवकबाट संक्रमण फैलिएको हो कि भन्ने अनुमान छ।

भारतबाट आएका उनको मस्जिदमा निरन्तर आवतजावत भएको पाइएको छ। मस्जिद नजिकै घर भएकाले मस्जिद आउजाउ गरिरहन्थे।

यस्तै दुबईबाट आएका एक स्थानीय युवकलाई पनि संक्रमण देखिएपछि उनीबाट पनि संक्रमण फैलिएको हुनसक्ने भनेर थप अनुसन्धान बढाइएको छ। अहिले उदयपुरको भुल्केमा मात्र २८ जना कोरोना संक्रमित फेला परेका छन्। उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।

गत शुक्रबारदेखि नै भुल्के वस्ती सिल छ। वस्तीमा खाद्यवस्तुदेखि सबै कुरा नगरपालिकाले व्यवस्था गर्दै आएको छ। आज मात्र वस्तीमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ। वस्तीमा रहेका दिर्घ रोगी, औषधि सेवन गरिरहेका विरामीहरुको स्वास्थ्य जाँच गरिएको डा. सुवेदीले बताए।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »