सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उदयपुरमा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि ८ जनालाई धरान पठाइयो

उदयपुर। कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिपछि थप परीक्षणका लागि धरान पठाइएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार करिब ११ बजे एम्बुलेन्सबाट धरान पठाइएको हो । स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले मन्त्रालयबाट थप परीक्षणका लागि पठाउन आदेश भएपछि उनीहरुलाई एम्बुलेन्सबाट पठाएको पुष्टि गरे ।

उनले भने, ‘थप कुरा मलाइ नै थाहा भएन, मात्र तत्काल पठाउन आदेश भयो, त्यहीँ अनुसार पठाए ।’ बैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले छुट्टा-छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो ।

संकलन गरेका स्वाब सबैका रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए । मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »