निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

उदयपुरमा भेटिएका १२ संक्रमितलाई मध्यराति विराटनगरको कोरोना अस्पताल ल्याइयो,चारजना टाडीको क्वारेन्टाइनमा

विराटनगर । उदयपुरको एउटै मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विषेश अस्पतालमा राखिएको छ ।कोरोना पुष्टि भएपछि चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर स्थित कोरोना अस्थायी अस्पतालमा ल्याइएको हो।

कोसी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ भेटिएको थियो। सोही रिपोर्टलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत शुक्रबार पुष्टि गरेको हो।

संक्रमितसँगै आएका ४ जनालाई भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।संक्रमित नेपाली मोरङको रहेको बताइएको छ । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर उदयपुरको स्थानीय प्रशासनले १६ जनालाई नै विराटनगर पठाएको थियो ।

कोरोना पुष्टि गरेपछि शुक्रबार राति करिब साढे ११ बजे नेपाल प्रहरीको स्कटिङमा सबैलाई विराटनगर ल्याइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए। ‘सबैलाई एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको छ, शुक्रबार रातिबाटै अस्पतालमा राखेर रेखदेखसहित उपचार सुरु गरिएको छ,’ मन्त्री घिमिरेले भने।

कोशी अस्पताल विराटनगरले हेर्ने गरी निर्माण गरिएको कोरोना विषेश अस्पतालले कोरोना संक्रमण नदेखिएका चार जनालाई भर्ना गर्न नमानेपछि उनीहरुलाई मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

मध्य रातमा शंकास्पद व्यक्तिलाई भर्ना गर्ने विषयमा आधा घण्टा विवाद भएपछि मात्र प्रशासनले चारजनालाई टाँडी लगेको हो । ‘कोरोना नदेखिएकालाई हामीले कुनै हालतमा भर्ना गर्न मानेनौं’ कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा. संगीता मिश्राले भनिन् ‘संक्रमण नदेखिएकालाई अस्पतालमा भर्ना गरेर भोलि बिरामी भेटिए के गर्ने ?’

उनका अनुसार अस्पतालमा भर्ना भएकाहरुलाई कुनै लक्षण भने देखिएको छैन । संक्रमितहरु सबै पुरुष हुन् र उनीहरु ४ जना २८ वर्षका, दुई जना २९ वर्षका छन् । त्यस्तै अरु ३४, २६, २२, २५, २० र ४० वर्षका छन् ।

मस्जिदमा बसेका १६ मध्ये १२ मा कोरोना पोजेटिभ र ४ मा नेगेटिभ देखिएपछिसँगै बस्ने ४ जनालाई क्वारेन्टाइन लगिएको छ। मोरङको टाँडीमा नेपाली सेनाको निगरानीमा रहेको क्वारेन्टाइनमा शुक्रबार राति नै उनिहरुलाई एम्बुलेन्सबाट लगिएको हो। उनीहरु भने नेपाली रहेको बताइएको छ। मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेको जिल्ला प्रशासन कार्याल उदयपुरले जनाएको छ।

लकडाउनको समयमा मस्जिदमा विदेशी आएर बसेको भन्दै स्थानीयले प्रशासनलाई खबर गरेपछि उनीहरुको निगरानी र परीक्षण सुरु गरिएको थियो।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »