सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा थपीए ६९६ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै ६२० जना

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। बिहीबार मात्रै ५७२ जनामा संक्रमण देखिएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा १४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »