सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकामा ३ संक्रमित थपिए

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार काठमाडौँका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो।

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौँका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

यसँगै नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ।

त्यस्तै कोरोनाका कारण नेपालमा अहिलेसम्म ४५ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

भर्खरै

सम्बन्धित खबर

Language »