निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

उम्मेदवारी दर्तापछि चाचासंग आर्शिवाद लिए समावेशी प्यानलका उम्मेदवारले

नेपालगञ्ज , नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज शनिवार समावेशी प्यानलका उम्मेदवारले संयौ समर्थक मतादाताका बीच उम्मेदवारी दर्ता गर्यो ।

उम्मेदवारी दर्ता पछि अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना लगायत उम्मेदवारले नेपालगञ्जको पत्रकारिता र समाजिक क्षेत्रका सम्मानित व्यक्तित्व पन्नालाल गुप्ता चाचासंग आर्शिवाद लिएका छन् ।

उम्मेदवारी सके लगत्तै समावेशी प्यानलका उम्मेदवार चाचाको घर पुगेको थियो । त्यहाँ पुगेपछि उम्मेदवार र चाचाबीच भलाकुसारी भयो भने उम्मेदवारले चाचाको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । अध्यक्ष पदका उम्मेदवार चुन्नालगायत सबै उम्मेदवारलाई चाचाले आर्शिवाद दिनुभयो ।

चाचा प्रेस स्वतन्त्रता सेनानी हुनुहुन्छ । बयोबृद्ध उमेरमा समेत उहाँले सक्रिय पत्रकारिता गर्नुभएको थियो । ‘नेपालगञ्जको सम्मानित व्यक्तित्व हुनुहुन्छ चाचा ।

उहाँको आर्शिवाद लिएर निर्वाचनमा होमिएका छौं ।’– अध्यक्ष पदका उम्मेदवार चुन्नाले भन्नुभयो,‘उहाँले शिरमा हात राखेर आर्शिवाद दिनुभएको र उद्योगी, व्यवसायीको हितमा लाग्न प्रेरित गर्नुभएको छ । समावेशी प्यानलका उम्मेदवारले आजै उम्मेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवालले उम्मेदवारी दर्ता गर्नुभयो ।

त्यस्तै सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवारी दर्ता गर्नुभयो ।

बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष) , सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके)ले मनोनयन दर्ता गर्नुभयो । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवारी दर्ता गर्नुभयो ।

उम्मेदवारी दर्ता अघि समावेशी प्यानलका उम्मेदवार, मतदाता तथा शुभेच्छुकले र्याली सहित नेपालगञ्ज नगरपरिक्रमा गरेका थिए ।

न्यूरोडस्थित सचिवालयबाट शुरु भएको र्याली सेतुबिक, धम्वोझीचोक, बिपीचोक र त्रिभुवनचोक हुँदै नेपालगञ्ज उद्योग वाणिज्य संघमा रहेको निर्वाचन आयूक्तको कार्यालयमा पुगेको थियो ।

र्यालीमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्व महासचिव अशोक कर्माचार्य लगायतका संयौ उद्योगी, व्यवसायी सहभागि थिए ।

समावेशी प्यानलका उम्मेदवारहरुले बजार परिक्रममा गर्दा आ–आफ्नो पसल र घरका अगाडी उभिएर उद्योगी, व्यवसायीले भव्य स्वागत गरेका थिए ।

उनीहरुले हुटिङ्ग गर्दै बिजयको शुभकामना दिए । उम्मेदवारी दर्ताका क्रममा देखिएको समर्थक मतदाताको भिडले उत्साह थपेको अध्यक्ष पदका उम्मेदवार चुन्नाले बताउनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »