सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकपटक कोरोनाबाट निको भएपछि ४ महिनासम्म लड्ने शक्ति प्राप्त हुन्छ : अनुसन्धान

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएर निको भएपछि शरीरमा बन्ने ‘एन्टिबडी’ (प्रतिरोधी क्षमता) ले ४ महिनासम्म काम गर्ने तथ्य पत्ता लागेकाे अनुसन्धानकर्ताले बताएका छन्।

अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकले अनुसन्धानबाट यस्तो प्रमाण पाइएको दाबी गरेका हुन्। उनीहरूका अनुसार ३४३ जना कोरोना संक्रमितमा यो अध्ययन गरिएको थियो। तीमध्ये धेरैको अवस्था नाजुक थियो र ९३ प्रतिशत बिरामी अस्पताल भर्ना भएर निको भएका थिए।

साइन्स इम्युनोलोजी जर्नलमा प्रकाशित शोधअनुसार कोरोनाका बिरामीको रगतको नमुना ४ महिनासम्म लिइएको थियो। पहिलोपटक नमुना लिँदा बिरामीमा रुघाखोकी र सास लिन गाह्रो हुने समस्या थिए।

अनुसन्धानका लागि लिइएको रगतको प्लाज्मा अलग–अलग राखिएका थिए। परीक्षण गर्दा ४ महिनासम्म इम्युनोग्लोब्युलिन-जी एन्टिबडी बनेको पाइएको वैज्ञानिकले बताएका छन्।

इम्युनोग्लोब्युलिन जी एन्टिबडी एक प्रकारको प्रोटिन हो। जसले संक्रमण हुनेबित्तिकै त्यसको प्रतिरोध गर्छ। यो अध्ययनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमा अब कहिले कोरोना नलाग्ने गरी एन्टिबडी विकास भएको भनेर गरेको दाबी गलत साबित भएको दैनिक भास्करको समाचारमा उल्लेख छ।

भर्खरै

सम्बन्धित खबर

Language »