सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकैदिन स्याङ्जामा एसपीसहित १८ प्रहरीमा कोरोना पुष्टि

स्याङ्जा। स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये जिल्ला प्रहरी प्रमुख समेत छन् ।

संक्रमितमध्ये एकजना महिला प्रहरी छिन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुमा कोरोनाको लक्षण देखिएपछि नमुना संकलन गरी परीक्षणका लागि ८ साउनमा पठाइएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ।

स्याङ्जाका प्रहरी भारतलगायत विदेश र जिल्ला बाहिरबाट आउने नागरिकलाई राख्न बनाइएको क्वारेन्टिन, सिमाना र संक्रमितलाई राखिएको आइसोलेसनमा खटिएका थिए। त्यहींबाट उनीहरुलाई कोरोना लागेको हुन सक्ने आशंका गरिएको छ।

९८ जना प्रहरीसहित हिरासतमा रहेका ४ जनाको नमुना संकलनका लागि पठाइएकोमा हालसम्म ४० जनाको मात्र रिपोर्ट आएको बुझिएको छ । अझै केहीको रिपोर्ट आउनै बाँकी रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »