निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

एक व्यक्तिले गरे आफ्नै श्रीमती र सालीलाई एसिड प्रहार

काठमाडौंको बाफलमा एक युवाले आफ्नै श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् ।

आइतबार राति गोरखा नगरपालिका–५ स्थायी घर भएका २९ वर्षीय शिव रम्तेलले आफ्नै श्रीमती र सालीमाथि एसिड प्रहार गरेका हुन् ।

रम्तेलले एसिड आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए। एसिड प्रहार गर्ने रम्तेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको डिएसपी बोगटीले जानकारी दिएका छन् ।

मदिरा खाएर कोठामा पुगेका शिवले श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेका हुन्। त्यसै क्रममा १५ वर्षीया सालीले रोक्न खोज्दा उनीमाथि पनि एसिड प्रहार भएको डिएसपी बोगटीले जानकारी दिए।

एसिडका कारण अनुहारमा असर भएकाले उनीहरुको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »