सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एक साता अघिदेखि क्यालिफोर्नियाको जंगलमा लागेको आगो थप फैलियो, पाँचजनाको मृत्यु

काठमाडौं। एक साता अघि सुरु भएको क्यालिफोर्निया जंगलको आगो लाखौं हेक्टरमा फैलिएको छ। यसले हजारौं घर जलाएको छ भने पाँचजनाको मृत्यु भएको छ।

सप्ताहन्तमा आएको मौसम परिवर्तनका कारण आगो तीव्र गतिमा फैलिएको हो। यसले राज्यका दमकलकर्मीलाई समेत चिन्तित बनाएको छ।

२९०० वर्ग किलोमिटरमा आगो फैलनाले क्यालिफोर्नियाको सबैभन्दा पुरानो राज्य पार्क, बिग बेसिन रेडवुड्स चपेटामा परेका छन्। करिब सात सय घर जलेको बताइएको छ।

आगो फैलँदै गएपछि हजारौं मानिसले घर छाडेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रभावितलाई संघीय सहायता गर्ने घोषणा गरेका छन्।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजामले यो सहयोगले पीडितलाई राहत पुग्ने बताएका छन्। (एजेन्सी)

भर्खरै

सम्बन्धित खबर

Language »