सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनसेलले अनधिकृत रूपमा भ्यालु एडेड सर्भिस सञ्चालनमा ल्याएको आरोपमा साढे १० लाख रुपैयाँ जरिवाना

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई अनधिकृत रुपमा विभिन्न भ्यालु एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको भन्दै जरिवाना गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट स्वीकृती नलिएरै भासको नाममा ग्राहक ठगेको ठहर गर्दै नियामकले विभिन्न शीर्षकमा कूल साढे १० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय लिएको हो ।

एनसेललाई कारबाही गर्ने विषयमा अघिल्लो सोमबार बसेको प्राधिकरण बोर्ड बैठकले निर्णय गरेको भएता पनि हिजो सोमबार बसेको बैठकमा हस्ताक्षर हस्ताक्षर भएको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

प्राधिकरणको छानविनका क्रममा एनसेलले अनुमतिपत्रको शर्त विपरित काम गरेको, अनुमति नलिएरै ‘लभ डिटेक्टर’ र ‘भ्वाईस म्याजिक नामक’ नामक भ्यालू एडेड सर्भिस (भास) सञ्चालनमा ल्याएको पाइएको थियो । अनुमतिपत्रले तोकेको शर्त उलंघन गर्दै एनसेलले विभिन्न सेवा अफर समेत सञ्चालनमा ल्याएको पाइएको छ । जसमा होली अफर, भ्यालेन्टाइन अफर, शिवरात्री अफर लगायत रहेका छन् ।

नियामकको बोर्डले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कम्पनीलाई अधिकतम रकम ५ लाख रुपैयाँ जरिवाना गरेको हो । उक्त दफाको दुई नम्बर बुँदामा ऐन बमोजिम अनुमति अलिई वा अनुमतिपत्रमा उल्लिखित शर्तको पालना नगरी दुरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

कानून विपरित रुपमा स्विकृति नै नलिई सेवा सञ्चालन गरी ग्राहकबाट ३२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्राधिकरणले यी दुवै सेवाको नाममा एनसेललाई पाँच/पाँच लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । त्यस्तै दुई वर्ष अघि देखिएको अटो रिन्युको नाममा ग्राहकबाट रकम अशुलेको अर्को आरोपमा प्राधिकरणले कम्पनीलाई थप ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको भास ग्राहको मोबाइलमा स्वचालित रुपमा सुरु हुने र स्वचालित रुपमै नवीकरण समेत हुने गरेको नियामकको छानविनबाट देखिएको छ । कारबाहीसँगै प्राधिकरणले यस्ता भासको अटो रिन्यू हुने समस्यलाई तत्कालै हल गर्न समेत निर्देशन दिने निर्णय गरेको अध्यक्ष खनालले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »