सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो।

बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

आलोचकहरुलाई एमसीसी राम्रोसँग पढेर मात्र अभिव्यक्ति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी अनुदान आउने र विकास हुने चिन्ताले विरोध गरिएको त होइन भनेर प्रश्नसमेत गरेका थिए ।

शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »