निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

एसइई परिक्षा कुनै हालतमा रोकिँदैन: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नरोक्ने पक्षमा देखिएका छन्। विश्वभर फैलिएको कोरोना भाइरसको कारण देखाउँदै विभिन्‍न व्यक्ति र निकायबाट प्रभाव भई शनिबारसम्म परीक्षा रोक्ने पक्षमा देखिएका मन्त्रीले आइतबार भने परीक्षा नरोक्ने पक्षमा देखिएको शिक्षामन्त्रीको सचिवालयका एक सदस्यले बताए। चैत ६ गतेबाट देशभर एसइइ परीक्षा सञ्चालन हुँदै छ। शिक्षा मन्त्री सचिवालयका एक सदस्यले आजबाट शिक्षामन्त्री एसइई नरोक्नु पर्ने पक्षमा रहेको बताए। ‘मन्त्री ज्यू हिजोसम्म कोरोना भाइरसको कारण देखाउँदै विभिन्‍न पदाधिकारीहरूले परीक्षा स्थगित गर्नुपर्छ भनेर भनेपछि मन्त्री अन्योलनमा हुनुहुन्थ्यो,’ उनले भने, ‘आजबाट तोकिएकै समयमा परीक्षा गराउने पक्षमा मन्त्री लाग्नु भएको छ। सबै परीक्षा केन्द्रमा हेल्प डेस्कको स्थापना गर्ने योजना मन्त्रालयले बनाएको छ।’ मन्त्रालयले परिक्षा केन्द्रहरूमा स्वायमसेवकको टोली पनि खटाउने जोजना बनाएको उनले जानकारी दिए। एसइई परीक्षा रोक्नु हुन्‍न एसइई परीक्षा नजिकिएसँगैँ परीक्षार्थी तयारीमा थालेका छन्। तर, कोरोना भाइरस संक्रमणको डरले परीक्षा सार्ने वा स्कुल बन्द गर्ने हल्ला चलेपछि विद्यार्थीमा अन्योलता सिर्जना भएको छ। स्कुल व्यवस्थापक तोकिएकै समयमा सञ्चालन गर्नुपर्ने बताउँदै आएका छन्। लाली गुरास बाटिका स्कुलका अध्यक्ष सुदर्शन पराजुलीले कुनै पनि हालतमा परीक्षा नरोकिनुपर्ने बताए। उनले भने, ‘विद्यार्थी परीक्षा तयारीमा लागेका छन्। कुनै विद्यार्थी परीक्षा केन्द्रमा गइसकेका छन। त्यसैले परीक्षा रोक्नु हुँदैन।’ उनले एसइई परीक्षा रोक्नुभन्दा पनि हेल्थ डेस्क राखेर परीक्षार्थीको स्वास्थ्यमा निगरानी सरकारले गराउनुपर्ने बताए। उनका अनुसार परीक्षा रोक्ने विषयमा नलागी सरकार पहिला खुला नाकाहरुमा चेकजाँच गराउनुपर्छ। तर, सरकारले यसमा कडा चेकजाँच गर्न सकेको छैन। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १००का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार यसवर्ष चारलाख ८२ हजार सात सय सात जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन। देशभर १९ सय ९४ परीक्षा केन्द्र तोकिएका छन।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »