निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

ओली सरकारको काम : व्यक्तिको नाममा रहेको २८४ विघा जमीन फिर्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विभिन्न व्यक्तिको नाममा दर्ता भएका २८४ विघा ५ कठ्ठा १५ धुर जग्गा आफ्नो कार्यकालमा सरकारको नाममा कायम गरिएको, सरकारको नाममा कायम गर्न १३ विघा १८ कठ्ठा ११ धुर जग्गा रोक्का राखिएको बताउनुभयो । २०७५ भदौ १८ गतेदेखि उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको उहाँले मन्त्रालयअन्तर्गत हालसम्म भएका प्रगति विवरण विहिबार सार्वजनिक गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

यस्तै, हदबन्दीभन्दा बढी रहेको १० हजार एक सय ९२ विघा जग्गा सरकारको नाममा कायम गर्नका लागि रोक्का राखिएको तथा सरकारी जग्गा संरक्षणका लागि छानविन गर्न गठित सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनको क्रममा रहेको उहाँको भनाइ छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणका लागि विभिन्न नीतिगत, कानूनी एवं संरचनागत व्यवस्था गरी संरक्षणका कार्यक्रम योजनावद्ध रुपमा अघि बढाइएको मन्त्री अर्यालले बताउनुभयो । विगतमा अनेक कारणबाट व्यक्तिका नाममा दर्ता हुन गएका जग्गाहरु रोक्का राख्ने तथा सरकारीकरण गर्ने कार्य भइरहेको भन्दै उहाँले यस्तो अभियान सुक्ष्म रुपमा देशभर सञ्चालन भइरहेको बताउनुभयो ।

सोही अभियानअन्तर्गत व्यक्तिका नाममा दर्ता हुन गएको २३४ विघा ५ कठ्ठा १५ धुर जग्गा सरकारको नाममा कायम गरिएको बताउनुभयो । मन्त्री अर्यालका अनुसार नेपाल–भारत सीमाका एक हजार ९३ सीमा स्तम्भ निर्माण र ८ सय ९० सीमा स्तम्भ मर्मत गरिएको छ । आफ्नो कार्यकालमा भूमिसुधार तथा मालपोत र नापी कार्यालयलाई आधुनिक तथा सेवाग्राहीमैत्री बनाउन सुरु गरिएको, मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा लगिएको र १०८ वटा कार्यालय अनलाइन प्रणालीमा आवद्ध भइसकेको पनि जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »