निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कञ्चनपुरको सीमा क्षेत्रमा कडाई


माेहन विष्ट
कञ्चनपुर,
भारतबाट फर्किएका सुदूरपश्चिमका दुई नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएपछि कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा कडाई गरिएको छ ।

१४ चैतमा टनकपुर भएर ब्रह्मदेव नाकाबाट भित्रिएका वेदकोट नगरपालिका– १० चटहरीका ४१ वर्षीय र ११ चैत गौरीफन्टा नाका भएर त्रिनगरबाट नेपाल प्रवेश गरेका कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि कैलाली र कञ्चनपुरका नाकामा थप कडाइ गरिएको हो । भारतसँग जोडिएको कञ्चनपुरको १२९।५ किलोमिटर दूरीको सीमा क्षेत्रमा थप कडाई गरिएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले भारतसँगको सीमा क्षेत्रका कञ्चनपुरका पाँच स्थानीय तह भीमदत्त, महाकाली, बेलडाँडी, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

यसअघि ब्रह्मदेव, दोधारा, बेलडाँडी, बेलौरी, पुनर्वासको आनन्द बजार र बिचफाँटा बोर्डर आउट पोस्टसहित थप अस्थायी पोस्ट र सशस्त्र प्रहरीले जनशक्ति परिचालन गरेको छ ।

पाँच दिनअघि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दुई सय २० थप जनशक्ति परिचालन गरेर कडाई गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीर सिंह साहुले सीमा क्षेत्रमा कुनै पनि मानिसको आवतजावत पूर्ण रूपमा बन्द गर्नका लागि थप जनशक्ति परिचालन गरिएको बताए ।

‘हामीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएका छौँ,’ साहुले भने, ‘हरेक नाकामा २४सै घन्टा सशस्त्र परिचालन गरेका छौँ ।’ भारतबाट फर्किनेमा कोरोनाको संक्रमण देखिएकाले सशस्त्र प्रहरीले थप जनशक्ति परिचालन गरेरै भए पनि सीमा क्षेत्र सिल गरेको बताए ।

‘सीमा क्षेत्रबाट मानिस त परै जाओस्, एउटा जीव प्राणी पनि आउन–जान दिएका छैनौँ,’ उनले भने, ‘सातादेखि कोही पनि भारतबाट नेपाल प्रवेश गरेका छैनन्, हामीले गर्न दिने कुरै भएन ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »