कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु

Spread the love

कञ्चनपुर / असार २५
कञ्चनपुरमा नहरमा डुबेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया किशोरी नेहा सुनारको मृत्यु भएको हो।

उनी बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी थिईन्।

नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेर वेपत्ता भएकी उनी आज बिहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो।

+ posts

Spread the love

Leave a Reply

Your email address will not be published.

Language »
%d bloggers like this: