निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

कञ्चनपुरमा लकडाउनमा भारत पस्न खोज्दै चार भारतीय नागरिक सशस्त्र प्रहरीको फन्दामा


विकास सिह महता
कञ्चनपुर, कोरोना भाईरस (कोडिभ–१९० ) रोकथाम तथा नियन्त्रणका लागि नेपाल भारत दुवै देशले लकडाउन गरेको छ ।

लकडाउनका बेला नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपाली नागरिकलाई सीमावारपार गर्न दिएको छैन् । नेपाल तर्फ सशस्त्र प्रहरी र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी ) सहितका सुरक्षाफौज तैनाथ गरिएको छ ।

नेपालबाट भारत पस्न खोज्ने चार जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गयराती सशस्त्र प्रहरी बेलडाँडी बोर्डर आउट पोष्टका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारी नेतृत्वको टोली चार जनालाई नियन्त्रमा लिएको हो

। सशस्त्र पं्रहरी बल ३५नम्बर गण शैलेश्वरीका गणपति बीर सिह शाहुले सीमा क्षेत्रमा आवत जावत पूर्ण कडाई गर्दा लुकिछिपी घर जान खोज्ने पिलिभित जिल्ला रामनगरका मनोपोव देवडी, धनन्जय गाईन, दिपु दाली र सशी मिस्त्रीलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएको बताए ।

‘उनीहरु चारै जना भारतीय नागरिक कैलालीको गोदाबारी नगरपालिकाबाट पैलरै जंगलको बाटो भएर भारत पस्न खोज्दै थिए, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘हाम्रो टोलीले नियन्त्रणमा लिएर उनीरुलाई बेलडाँडी गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।’

चारै जना भारतीय नागरिकलाई रैलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको छ । उनीहरुले आरडिटी अर्थात पिसिआर गराईने गाउँपालिकाले जनाएको छ । चारै जना भारतीय नागरिक कैलालीको गोदाबारी नगरपालिका क्षेत्रमा मजदुरी काम गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए ।

भारतीय नागरिक काम गर्ने स्थानदेखि झण्डै १२०किलोमिटर दुरी पर पुगेपछि सशस्त्र प्रहरीको फन्दामा परेका हुन् ।

कोरोनाको कञ्चनपुरमा सशस्त्र प्रहरीले चैन तोडन सफलदेखि अवैध हतियार बोक्ने वडाध्यक्ष, लागु औषधका तस्कर नियन्त्रण, गाउँ गाउँमा जनचेतना, जिल्ला, सीमा सिल लकडाउन उलङघन गर्नेलाई तह लगाउन सम्मका काम गरेको सशस्त्र प्रहरीले सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेपछि सीमा क्षेत्रबाट मानिस त के कुनै प्राणी पनि न भित्रिन न बाहिने विश्वास दिलाउदै आएको छ ।

विश्वमा आतङकित पार्ने हिसाबले संक्रमण फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा सशस्त्र प्रहरीले खेलिरहेको भूमिकाप्रति नागरिकदेखि सरकारी निकायले उच्च प्रसंसा गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »